काठमाडौं, माघ २ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन परेका छन् । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा ‘युनविरुद्ध पक्राउ वारेन्ट’ जारी गरेको थियो । पक्राउ वारेन्ट जारी भएपछि आज बिहानै निलम्बित राष्ट्रपति युनलाई सउलस्थित निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ । यसअघि पनि दक्षिण कोरियाली जाँचकर्ताहरूले यून सुकलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।
योलले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए । तर यसको विरोध भएपछि योलले केही घण्टापछि फिर्ता लिएका थिए । यससँगै योन सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । बिबिसीका अनुसार पक्राउको क्रममा यूनको निवासबाहिर समर्थक र आलोचक दुवैको बाक्लो भीड देखिएको थियो । साथै प्रहरीले समेत एक हजारभन्दा बढी अधिकारीहरू तैनाथ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्