काठमाडौं, माघ २। नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । बुधवार बसेको निगम सञ्चालक समितिको बैठकले बिहीवारदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ ।
यसैगरी डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्