जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार ११:०३

मौसम पूर्वानुमान : पानी पर्ने संभावना कायमै, यस्तो छ तीन दिनको मौसम


काठमाडौं, कात्तिक ८ । नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारण नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिक देखि सामान्य बदली भएको हो । आज बिहान देशको पूर्वी तथा मध्य भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहे पनि दिउसो पानी पर्ने संभावना रहेको छ ।

आज दिउँसो देशका मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी भेगका थोरै स्थानमा साथै मध्य पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना छ।

शुक्रबार राति देशका मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

शनिबार दिउँसो देशभरी आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।शनिबार राति देशको पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।