काठमाडौं, माघ ६ । जाजरकोट भूकम्पपीडितको सेवामा सह्रानीय काम गरेको भन्दै प्रवासी नेपाली मञ्चलाई सम्मानित भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटले भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको प्रवासी नेपाली मञ्चलाई प्रसंशापत्रसहित सम्मान गरेको हो ।
प्रवासी नेपाली मञ्च अमेरिकाको ईस्टर्न आयोवामा रहेका मञ्चका सदस्यहरुले गत असोजमा देउसी भैलो आयोजना गरी संकलन गरेको रकममा थप गरी ५ लाख रुपैयाँ जाजरकोटका भूकम्पपीडितलाई हस्तान्तरण गरेको थियो ।
प्रवासी नेपाली मञ्च ओहायोका नेताहरुले भूकम्प पीडीत परिवारलाई राहत सहयोग गर्नको लागि ११ नोभेम्बर २०२३ मा पुरुषोत्तम बरालको निजी निवासमा देउसी भैलो कार्यक्रम आयोजना गरी सोरकम संकलन गरेको थियो । सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य ऐन महर प्रमुख अतिथी र प्रवासी नेपाली मञ्चका सल्लाहकार प्रितीशागर खत्री बिशेष अतिथी रहनुभएको थियो ।
बरालको नेतृत्वमा ५ लाख रकम संकलन गरी भूकम्प प्रभावित जिल्ला जाजरकोटका बालबालिकाको शैक्षिक संगठनलाई हस्तान्तरण गरिएको थियो । प्रवासी नेपाली मञ्चले जाजरकोट भूकम्पपीडितकालागि तत्कालै पनि राहत अभियान चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्