जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार ११:१६

मिडिया हब र सक्किगोनिबीच यस्तो भयो सहमति


काठमाडौं, कात्तिक ८

मिडिया हब र सक्किगोनि हाँस्य टेलिसिरियलबीच केही दिनदेखी उत्पन्न विवाद समाधान भएको छ । दुई पक्षबीच आपसी समझदारीमा विवाद टुंगिएको हो । ‘सक्किगोनि’का निर्देशक एंव कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

‘पछिल्लो समय मिडिया हब प्रा.लि.र सक्किगोनि हाँस्य टेलिसिरियलबीच उत्पन्न विवाद दुवैपक्ष बसी आपसी समझदारीमा टुंगोमा पुर्‍याइएको छ । हाँस्य टेलिसिरियल भद्रगोल र सक्किगोनि यहाँहरूले नियमित रूपमा हेर्न पाउनुहुनेछ । कलाकार र सर्जकको मिडिया हब प्रा.लि.ले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रा.लि.को योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौं,’ उनले फेसबूकमा लेखेका छन्, ‘पछिल्लो समयमा उत्पन्न विवादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुवै पक्षले नउठाउने सहमति भएको जानकारी गराउँदछौ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा मिडिया हब प्रा.लि. र सक्किगोनि सिरियलप्रति देखाउनुभएको सहानुभूति, माया, सद्भावप्रति सम्पूर्णमा कृतज्ञ छौं ।’