जनता टाइम्स

६ माघ २०८१, आईतवार १७:२८

निर्माण व्यवसायीलाई तिर्न बाँकीमध्ये लगभग सबै रकम भुक्तानी भइसकेको छ : अर्थमन्त्री


काठमाडौं, माघ ६ । सरकारले निर्माण व्यवसायीलाई तिर्न बाँकीमध्ये लगभग सबै रकम भुक्तानी गरेको छ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो ।

ुहामीले व्यवसायीहरूलाई भुक्तानी दिनुपर्ने रकम लगभग सबै भुक्तानी भएको छ । हालसम्म २३ अर्ब बक्यौता रकम भुक्तानी भएको छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।
लामो समयदेखि निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाउन नसकिरहेको बताइरहेका थिए।

सरकारको अध्ययनले भने प्रक्रिया पुगेका करिब २८ अर्ब बक्यौता रहेको देखाएको थियो। अर्थमन्त्री पौडेलले बाँकी भुक्तानी रकम पनि प्रक्रियामा रहेकालाई प्राथमिकता दिएर भुक्तानी गर्दै जाने जानकारी दिनुभयो । व्यवसायीहरूले भने बाँकी भुक्तानीका लागि पनि प्रक्रिया लगायतमा वातावरण बनाइदिन सरकारलाई अनुरोध गर्दै आएका छन्।