जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १२:५७

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपालले म्यान्मासँग खेल्ने


काठमाडौं, कात्तिक ८

नेपाली २३ वर्षमुनि (यु–२३) राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजे शुरु हुनेछ ।

साग भने आगामी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ । नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ छन् । त्यसैगरी अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् ।

त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र बाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन र सुमन अर्याल छन् ।