जनता टाइम्स

८ माघ २०८१, मंगलवार १०:१८

बिशेष प्रशिक्षण आयोजना गर्दै प्रवासी नेपाली मञ्च जापान, एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथी


जापान, माघ ८ । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानले आफ्ना सदस्यका लागि बिशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

ओएनएफ जापानले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई प्रमुख अतिथी बनाएर आगामी फेब्रुअरी एक तारिक नागोयामा आन्तरिक प्रशिक्षण तथा खुल्ला अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । प्रवासी नेपाली मञ्च जापानको इतिहासमा पहिलो पटक मञ्चले यस खालको बैचारिक तथा साँगठानिक प्रशिक्षण आयोजना गरेको हो ।

ओएनएफ जापानका इञ्चार्ज सुरेश केसीले महासचिव पोखरेल प्रमुख अतिथी रहनुभएको प्रशिक्षणमा सहभागी भई आफ्नो दुविधा हटाउने गरी अधिकतम लाभ लिन जापानमा रहेका सवै प्रवासी नेपालीलाई आग्रह गर्नुभयो । उहाँले मञ्च सम्वद्व राष्ट्रिय कमिटी, क्षेत्रीय कमिटी, सल्लाहकार र सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन बिशेष अनुरोध पनि गर्नुभएको छ ।

कार्यक्रममा जापानबाट प्रतिनिधित्व गर्ने अन्तराष्ट्रिय कमिटीका सदस्य, पूर्वी एशिया महादेश कमिटीका संयोजक, पदाधिकारी, सदस्य, राष्ट्रिय कमिटीका सल्लाहकार, विभागीय प्रमुख तथा सदस्य, चुवु क्षेत्रीय कमिटी नागोया, कान्साई क्षेत्रीय कमिटी ओसाका, क्यूस्यू क्षेत्रीय कमिटी फुकुओका कामित्रहरू, तीन वटै क्षेत्रीय कमिटीका सल्लाहकार प्रशिक्षार्थीका रुपमा सहभागी गराइएको केसीले जानकारी दिनुभयो ।

प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष केलचन्द्र खरेलका अनुसार पहिलो दिन नागोयामा, फेब्रुअरी २ तारिक टोकियोको केईक्यू कामतामा प्रशिक्षण आयोजना गरिएको छ ।
यस्तै फेब्रुअरी २ मै टोकियोमा साँझ ४ बजेदेखि खुल्ला प्रशिक्षण राखिएको छ । यस्तै फेवरवरी ९ तारिख ओकिनावामा एमाले केन्द्रीय सदस्य तथा इञ्चार्ज डा.सूर्य पाठकको प्रमुख आतिथ्यतामा प्रशिक्षण तय गरिएको छ ।