झापा, माघ १० । समाजबादी प्रेस संगठन झापाका अध्यक्ष शम्भुजीत दाहालले संगठन परित्याग गरेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत दाहालले समाजवादी प्रेस संगठन मात्र नभएर नेकपा एकीकृत समाजबादीको सबै जिम्मेवारी परित्याग गरेको जानकारी दिनुभएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना कालदेखि आजसम्मको यात्रामा मलाई साथ सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार,’ दाहालले लेख्नुभएको छ, ‘म आजैको मितिबाट नेकपा एसको रोङ गाउँ कमिटी अध्यक्ष, इलाका जिल्ला सदस्य, युवा संघ नेपाल र समाजवादी प्रेस संगठनको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराउन चाहन्छु ।”
उहाँले स्वतन्त्र रुपमा सधैं सामाजिक काममा लागिरहने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्