जनता टाइम्स

१२ माघ २०८१, शनिबार २०:४४

प्रेस चौतारी मोरङमा महिला नेतृत्व, चिना थापाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित


मोरङ, माघ १२ । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ ।

अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको खुल्ला उपाध्यक्षमा शशोक पौडेल निर्वाचित हुनुभएको छ भने समावेशी उपाध्यक्षमा रञ्जना अधिकारी चुनिनु भएको छ ।

 

यसै गरी सचिवमा नवराज भट्टराई निर्वाचित हुँदा खुल्ला सहसचिवमा कृष्णचन्द्र सुवेदी निर्वाचित हुनुभएको छ । समावेशी सहसचिवमा राजकुमारी तामा निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भने पुण्यप्रसाद अधिकारी चुनिनु भएको छ ।

सदस्यहरूमा विसान्त ढुंगाना, विशाल भण्डारी, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, सिसिर राई, शिवकिशोर परिहसब, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोम दाहाल, कूलदीप बास्तोला, विवेक खतिवडा र सुमता भट्टराई निर्वाचित हुनुभएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको अधिवेशनको उद्घाटन समारोहमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियाे ।