अमेरिका, माघ १४ । प्रबासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको केन्टुकी राज्य कमिटीको तेस्रो अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ ।
अधिवेशनले अध्यक्षमा शिव शंकर देवकोटालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । यसैयरी उपाध्यक्षमा अनुप बस्नेत, सचिवमा गणेश अधिकारी र उपसचिवमा बल टमाटा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरूमा पुरुषोत्तम सापकोटा, जयराम तिमल्सेना, बिमल बडाल, जीवन शाही, निराजन चौधरी, जनक ढकाल, त्रिपुरा पौडेल र केशव बस्नेत निर्वाचित हुनुभएको छ । अधिवेशनले एक जना सदस्य पछि पूर्ति गर्ने निर्णय गरेको छ ।
प्रवासी नेपाली मञ्चका अमेरिका महादेश कमिटीका सदस्य केशव लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रवासी नेपाली मञ्च उपाध्यक्ष गोपाल कँडेल, सचिव छबि पाण्डे, उपसचिव थोमस बास्तोलालगायतका स्थानीय संघ-संस्थाका नेताहरुले शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्