मकवानपुर, माघ १९ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन, मकवानपुर आजदेखि नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपालमा समाहित भएको छ ।
प्रेस चौतारी मकवानपुरको नवौ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिवप्रसाद चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो ।
अध्यक्ष चौलागाईसहितका नेताहरूलाई नेकपा एमालेका सचिव योगेश भट्टराईसहित प्रेस चौतारीका नेताहरूले स्वागत गर्नुभएको छ ।
समाजवादी प्रेस संगठनका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित केन्द्रका सवै नेता प्रेस चौतारीमा समाहित भएपछि समाजवादी प्रेस संगठनका देशभरका सदस्यहरू प्रेस चौतारीमा समाहित हुने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्