जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार ०९:४०

जीप दुर्घटनामा दुई जनाको मृत्यु


बागलुङ, कात्तिक ९

तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि वडा नम्बर–१, बोङ्गादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको जीप रिक्लाङमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा तमानखोला गाउँपालिका–१ का चालक झकबहादुर विक र सहचालक ओमबहादुर गोतामे रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरीले जानकारी दिएको छ । यात्रु छोडेर घरतर्फ फर्कदै गरेका जीप घुम्तीमा साँघुरो भएका कारण सडकदेखि तल खसेको छ । दुवै जनाको शव पोस्टमर्टमका लागि शुक्रबार राति नै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।