सुर्खेत, माघ २४ । माधव नेपालको ‘बिद्रोह’ को भ्रममा परेर नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठनतिर गएका कर्णाली प्रदेशका सवै नेताहरु नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा फर्किएका छन ।
प्रेस चौतारी नेपाल, सुर्खेतको सातौँ जिल्ला अधिवेशनका क्रममा कर्णाली प्रदेशका अध्यक्ष आफ्नो सवै टीमसहित पुनः प्रेस चौतारीमा समाहित भएका हुन । प्रेस चौतारी नेपालमा फर्किनेमा कर्णाली प्रदेश अध्यक्ष दीपक बुढा, नन्दराम जैसी (केन्द्रीय सदस्य), चन्द्रा कँडेल (जिल्ला उपाध्यक्ष), रजनी योगी (जिल्ला सचिव), कल्पना ढेंगा मगर (सहसचिव) तथा विनोद लम्साल लगायत दुई दर्जन नेताहरु हुनुहुन्छ ।
उहाँहरू पुनः प्रेस चौतारीमा आबद्ध भएसँगै संगठन नयाँ जिम्मेवारी पनि प्राप्त गर्नुभएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको आह्वानलाई मनन गर्दै सुर्खेत प्रेस चौतारीका नेताहरुले जिल्ला अधिवेशनकै क्रममा जिम्मेवारी दिएका हुन । अध्यक्ष बस्नेतले समाजवादी प्रेस संगठनमा कोही पनि पत्रकार बसिरहन आवश्यक नभएको र सवैलाई फर्काउने काम हुनुपर्ने भन्दै सवैलाई अपिल गर्नुभएको थियो ।
समाजवादीतिर रहनुभएका केन्दीय अध्यक्ष श्विमणि सुवेदीलाई माघ ४ गते मुल घरमै फर्काएपछि अध्यक्ष बस्नेतले महाधिवेशनअघि समाजवादीतिर गएका प्रेस चौतारीका सवै नेता कार्यकर्तालाई संगठनमै फर्काएर योग्यताअनुसारको जिम्मेवारी दिन अपिल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्