जनता टाइम्स

२४ माघ २०८१, बिहीबार १६:३७

सञ्चारमन्त्री गुरुङको अठोट : यसै वर्षभित्र ७५३ वटा पालिकमै फोरजी सबैका घर घर पुर्याउछौँ, आइटी पार्क पनि बनाउछौँ  


काठमाडौँ, माघ २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षभित्र आइटि पार्क स्थापना गर्ने बताउनुभएकोछ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजीटल नेपाल फेर्म वर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पुर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउदैँ काठमाडौमा यो वर्ष भित्रै आइटि पार्क निर्माण गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभएको हो ।

कम्प्युटर एसोसिएसन महासंघ नेपाल(क्यान महासंघ) ले आजदेखि काठमाडाँैमा आयोजना गरेको ३० औँ क्यान इन्फोटेक–२०२५ को उद्घाटन गर्दै मन्त्री गुरुङले डिजीटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पुर्वाधारहरु तयार पार्नु पर्ने बताउनुभयो ।

सूचना प्रविधिको युगमा आइपुग्दा समेत नेपालमा एउटा पनि आइटि पार्क नहुँनु भनेको प्राविधिक हिसाबले पछि पर्नु रहेको बताउँदै उहाँले आफू मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटि नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिनुभयो ।

‘डिजीटल फ्रेमवर्कको उदेश्य पुरा गर्न सूचनाप्रविधिका पुर्वाधारहरु सिर्जना गर्नुपर्छ,’ मन्त्री गुरुङले भन्नुभयो,’यो वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटि पार्क बनाउछौँ ।’ त्यस्तै, मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो ।

उहाँले यसै वर्षभित्र ७ सय ५३ पालिकामा फोरजी सबैका घर घर पुर्याउने र फाइभ जि काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिनुभयो । साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपाल पछि परेको अवस्था दर्शाउदै मन्त्री गुङले भन्नुभयो,’सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो मार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो । जसमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेश मार्फत कानुन ल्याएर विदेशमा समेत लगानी गरि उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको बताउनुभयो ।

यसले युवा रोजगारमा उत्साह थपेको विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले क्यान जस्ता नीजि क्षेत्रको सहकार्यबाट सरकारको डिजीटल फेमवर्क नेपाल बनाउने उदेश्य सार्थक हुन सक्ने धारणा राख्नुभयो ।

क्यानका अध्यक्ष सिनैना घिमिरे पाण्डलेका अनुसार सरकारले अध्यया देशमार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताउनुभयो । सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव दिएर अझै जनमुखी बनाउने समेत अध्यक्ष पाण्डेले बताउनुभयो ।