जनता टाइम्स

२६ माघ २०८१, शनिबार १३:५८

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी हुँदा गयो ५० लाखको सामग्री


काठमाडौं, माघ २६ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज विहान आगलागी भयो । विहान भएको आगलागीमा सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा रहेको तिनवटा कोठामा फैलिएको थियो । उक्त तलामा खानेपानीमन्त्री प्रदिप यादवको कार्यकक्ष समेत रहेको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको बताउनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आजको आगलागीबाट ५० लाख बराभरको भौतिक सम्पत्ति क्षति भएको अनुमान गरिएको बताइएको छ ।

आगलागी परेर मन्त्री यादवको कार्यकक्षमा भएको दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री पूर्णरुपमा नष्ट भएको छ । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको अनुमान छ ।