जनता टाइम्स

२८ माघ २०८१, सोमबार २२:१०

सरकारले सरुवा गर्यो तीन सचिव, अख्तियारका सचिव उपाध्याय अर्थ मन्त्रालयमा सरुवा


काठमाडौँ, माघ २८ । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायको सरुवा गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । यसैगरी राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको छ ।