जनता टाइम्स

१ फाल्गुन २०८१, बिहीबार १९:१८

निकै फलदायी बन्यो प्रवासी नेपाली मञ्चको प्रशिक्षण


काठमाडौं, फागुन १ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको बिशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ओएनएफ अन्तराष्ट्रिय कमिटी स्कूल बिभागको आयोजनामा यही फेब्रुवरी ९ र १० तारिक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन भएको हो ।

ओएनएफ स्कूल बिभागका प्रमुख गोबिन्द्र पौडेलले दिनुभएको जानकारीअनुसार कार्यक्रममा नेकपा एमाले केन्द्रीय स्कूल बिभाग सचिव घनश्याम कोइराला, सदस्यहरु रामशरण प्याकुरेल, सुन्दर लामिछाने र बद्री खनालले ४ बटा बिषयहरुमा प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षण कार्यक्रमममा ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिवहरु चानक पोखरेल र कर्ण शाहीसहित पूर्वीएशिया महादेश इन्चार्ज भक्तबहादुर गुरुङ्ग, मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाई, अन्तराष्ट्रिय कमिटी सदस्यहरु सुरेन्द्र थपलिया, सरस्वती केसी, ज्योति शर्मा, कल्पना त्रीपाठी, शिशिर नेपाली, सन्तोष भट्टराई, टक गुरुङ्ग, सुरेश केसी, सन्जू पौडेल सवै महादेश कमिटीका पदाधिकारीको सहभागिता रहेको थियो ।

स्कूल बिभाग प्रमुख पौडेलका अनुसार प्रशिक्षणमा २७ देशका गरी पहिलो दिन १४० जना र दोस्रो दिन १८० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता स्कूल बिभाग प्रमुख गोबिन्द पौडेल र सञ्चालन उपप्रमुख राजु उपाध्यायले गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले प्रशिक्षण कार्यक्रम निकै फलदायी र लाभदायक बनेको बताएका छन ।