जनता टाइम्स

२ फाल्गुन २०८१, शुक्रबार ११:०६

समृद्धि र स्वाभिमानका नायक केपी ओलीमाथि आक्रमण हुँदा रमाउने र तोकिएकोबाहेक सवै जिम्मेवारी पूरा गर्नेहरुलाई प्रेस चौतारीमा अव कुनै स्थान छैन


काठमाडौं, फागुन २ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगातार साइबर आक्रमण हुँदा पनि चुपचाप बस्नेहरु नेकपा एमाले र प्रेस चौतारी नेपालका असल र इमान्दार नेता कार्यकर्ता हुन नसक्ने बटमलाइन सुनाउनु भएको छ ।

प्रेस चौतारी कोशीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले स्वाभिमानको झण्डा र समृद्ध नेपाल निर्माणको अभियानको नेतृत्व गरेबापत पछिल्लो समय प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीमाथि नियोजित रुपमा साइबर आक्रमण हुन थालेको भन्दै अव जस्तालाई तस्तै जवाफ फर्काउने र साइबर युद्धमै परास्त गर्नुपर्ने दृढ संकल्प चाहिएको निश्कर्ष पनि सुनाउनु भयो ।

‘देश बनाउन दृढ संकल्पित कमाण्डर केपी ओलीमाथि योजनावद्ध रुपमै आक्रमण हुँदा पनि चुपचाप बस्नेहरुलाई असल नेता कार्यकर्ता मान्न सकिन्न । अबिभावकमाथि बिरोधीले आक्रमण गर्दा चुप बस्ने गल्ती गर्न हुन्न । प्रेस चौतारीका सवै नेता कार्यकर्ताले अव साइबर युद्धमा प्रतिगामी सेनालाई ढाल्ने र कमाण्डर केपी ओलीको रक्षा दृढतापुर्वक उभिने अठोट गर्नुपर्छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

आजको सबैभन्दा ठुलो युद्ध साइबर युद्ध भएको बताउँदै बस्नेतले अहिले प्रधानमन्त्री केपी ओली माथि नेपाल बनाउन लागेको कारण साइबर आक्रमण भइरहेको बताउनुभयो । स्वाभिमानको झण्डा उठाएको कारण केपी ओली माथि आक्रमण भएको उहाँको भनाइ छ । केपी ओलीको विरुद्ध हण्डी खुवाएर सामाजिक सञ्जाल मार्फत आक्रमण भएको उहाँले बताउनुभयो ।

आफ्ना कमाण्डर माथि आक्रमण हुँदा प्रेस चौतारी नेपालका सदस्य चुप लागेर बस्न नसक्ने उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा लडाईँ गरेर त्यस्ता तत्त्वलाई हराउनु पर्नेमा बस्नेतले जोड दिनुभयो । ‘कमाण्डर माथि आक्रमण हुँदा चुप लागेर बस्ने त्यसको सिपाही हुन सक्दैन’, उहाँले भन्नुभयो । अध्यक्ष बस्नेतले प्रेस चौतारी इतिहासको हरेक मोर्चामा आफ्नो कामले अब्बल सावित भएको तथ्य पनि राख्नुभयो । उहाँले राजासँग डराएर राजनीतिक दलहरू भाग्न लाग्दा लोकतान्त्रिक आन्दोलनको नेतृत्व प्रेस चौतारीले गरेको बताउनुभएको छ ।

२०६२/०६३ को आन्दोलनको मैदानबाट राजनीतिक दलका नेताहरू भागेर बनेपा हुँदै विराटनगर तिर भाग्न लाग्दा प्रेस चौतारी नेपालले कोटेश्वरबाट फर्काएर नारायणहिटी घेर्न लगेको बस्नेतले बताउनुभयो । प्रेस चौतारी नेपाल आफ्नै कामले गौरवशाली संगठनको रूपमा स्थापित भएको उहाँले स्पष्ट पार्नुभयो । प्रेस चौतारी नेपालले समावेशी प्रतिनिधित्वको कुरा आफ्नो विधानमा राखेपछि पार्टीलाई पनि त्यो दबाब परेको उहाँले बताउनुभयो । त्यसैले प्रेस चौतारी पार्टीलाई पनि बाटो देखाउने संगठन भएको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष बस्नेतले प्रेस चौतारी आबद्ध पत्रकार कसैले पैसा दिन्छ कि, बिज्ञापन दिन्छ कि भनेर गलत कामको पछि लाग्ने होइन, देश बनाउने र समृद्ध नेपाल निर्माणको अभियानमा कमाण्डरले खोजेको बेलामा काम गर्ने गरी अगुवाका रूपमा स्थापित हुन आग्रह गर्नुभयो । उहाँले जिममेवारी पूरा नगर्ने र केपी ओलीमाथि आक्रमण हुँदा रमाउनेहरुलाई अव संगठनले पहिचान गरेरै सवक सिकाउने उदघोष पनि गर्नुभयो ।

‘देश बनाउने अभियानमा होमिएका केपी ओलीमाथि आक्रमण हुँदा रमाउने, प्रतिवाद नगर्ने, चुइक्क नबोल्ने, चुनावमा भोट हाल्न नजाने,  तोकिएको जिम्मेवारीतिर ध्यान नै नदिने, तोकिएकोबाहेक सवै जिम्मेवारी पूरा गर्नेहरुलाई प्रेस चौतारीमा अव कुनै स्थान छैन । संगठनको काममा कतै नदेखिएकाहरु महाधिवेशनमा दावा गर्न आए जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि सवक सिकाइने छ । प्रेस चौतारी सुत्ने र कुद्ने एकै पटक गन्तब्यमा पुग्ने वा पुर्याउने संगठन होइन,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

बस्नेतले संगठनमाथि गद्दारी गर्नेलाई कनै पनि रूपमा क्षमा दिन नसकिने बताउनुभयो । आफू केपी ओलीको विद्यार्थी भएकोले जस्तोसुकै संकटमा पनि नझुक्ने बस्नेतले सुनाउनुभयो । ‘केपी ओलीको विद्यार्थी इमानमा चुक्दैन, गद्दारलाई छाड्दैन’, बस्नेतले भन्नुभयो । पद पाउँदा हाइ हाइ हुने नपाउँदा संगठन विरुद्ध लाग्नेलाई प्रेस चौतारीमा स्थान नभएको उहाँले बताउनुभयो । त्यस्ता व्यक्ति कारबाहीमा परिसकेका बताउँदै बस्नेतले उनीहरूलाई संगठनको केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन नपाउने बस्नेतले स्पष्ट पार्नुभयो ।

बस्नेतले प्रेस चौतारी नेपाल आफ्नो कामले एक नं संगठन भएको बताउनुभयो । पार्टीमा पद पाइएन भनेर बाटो बिराएर पार्टी फुटाएर गएका केही व्यक्तिले इमोसनल ब्ल्याक मेल गरेर कालो सुरुङमा हालेर घाटमा पुर्याएर जलाउन ठिक्क पारेका प्रेस चौतारीका नेताहरूलाई त्यहाँबाट निकालेर सबै मिलेर प्रेस चौतारीको घर राम्रो बनाउँ भनेर फर्काएर ल्याउन आफूहरु सफल भएको बस्नेतले बताउनुभयो ।

उहाँले चौतारीमा फर्कनु भएको विश्वमणि सुवेदी, रामकुमार एलन लगायतलाई सङ्केत गर्दै उहाँहरू अहिले आफ्नै घर प्रेस चौतारी नेपाल बनाउने अभियानमा लागिसक्नु भएको बताउनुभयो । उहाँले कसैलाई अध्यक्ष बन्न लागेको रहर पुरा गर्ने गरी खोलिएका पसलमा पत्रकारहरूलाई नजान आग्रह गर्नुभयो । बाटो बिराएका पत्रकारहरूलाई उहाँले प्रेस चौतारीमा नै फर्कन आह्वान गर्नुभयो । उहाँले समाजवादी प्रेस संगठनका अध्यक्ष लगायत पदाधिकारी र नेताहरू प्रेस चौतारीमा आइसकेकाले सो संगठन कोल्याप्स भएको स्पष्ट पार्नुभयो ।

बस्नेतले आफूले आफू प्रेस चौतारीबाट बाहिरिँदा पनि एक नं नेता हुने बताउनुभयो । उहाँले प्रेस चौतारी नेपालमा काम गर्ने र काम पुरा गरेर बाहिरिएका नेताहरूलाई पनि पार्टीमा उचित स्थान दिनुपर्ने धारणा राख्नु भयो । बस्नेतले प्रेस चौतारीबाट आएका नेताहरूलाई रोक्ने प्रयास नगर्न पार्टी नेताहरूलाई आग्रह गर्नुभयो । उहाँले जस्तासुकै चुनौतीको सामना गर्नुपरे पनि प्रेस चौतारी नेपालाई काम गर्नेहरूको संगठन बनाउनु पर्ने बस्नेतले बताउनुभयो । कसैको अनुहार हेरेर अब संगठन अघि बढ्न नसक्ने बताउनुभयो ।