काठमाडौं, फागुन ३ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
निगमले आइतवारदेखि लागू हुनेगरी पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो ।
यस्तै निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ ।
यसैगरी डिजेल र मट्टीतेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।
निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ उठाउने पम्प तथा बिक्रेता रहेका छन् ।
दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायलका डिपो रहेका छन । निगमले भारतीय आयल कर्पोरेशनको मूल्यअनुसार हरेक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । सोहीअनुसार आइतबारबाट लागू हुने गरी नयाँ मूल्य तोकेको हो ।
प्रतिक्रिया दिनुहोस्