जनता टाइम्स

६ फाल्गुन २०८१, मंगलवार १५:२१

माधव नेपालको गृहजिल्ला रौतहटमा नै रित्तियो समाजवादी प्रेस संगठन, मधेशकै हस्ती झाको नेतृत्वमा प्रेस चौतारीमा फर्किए सवै सदस्य


चन्द्रपुर, फागुन ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका समाजवादीमा रहेका पत्रकारहरू आफ्नो मुल घर प्रेस चौतारी नेपालमै फर्किएका छन् ।

प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा आफ्नो सिंगो टीमसहित प्रेस चौतारीमा फर्किनुभएको छ ।

झाले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नू भएको थियो । झासँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि प्रेस चौतारीमा फर्कनु भएको छ ।

झा र तिवारीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले स्वागत गर्नुभयो।

रौतहटका ४ जना समाजवादी पत्रकारमध्ये यसअघि एकजनासहित हालसम्म ३ जना चौतारीमा फर्किएको जिल्ला अध्यक्ष आदर्श उपाध्यायले जानकारी दिनुभयो ।