जनता टाइम्स

७ फाल्गुन २०८१, बुधबार २२:२०

प्रेस चौतारीको एसोसियट प्रदेशको अध्यक्षमा पुन: श्रीहरि थापा, यस्तो बन्यो टीम


काठमाडौं, फागुन ७ । प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशन बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।

अधिवेशनबाट श्रीहरि थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यसै गरी उपाध्यक्षमा रघुनाथ सापकोटा र स्वस्तिका थापा निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट महासचिवमा मनोज न्यौपाने तथा कोषाध्यक्षमा विक्रम सुनार चुनिनु भएको छ । यसैगरी सचिवमा अजमत अली, रामजी बलामी, रमिता छुजु, सबिका श्रेष्ठ र दीपक सुनार निर्वाचित हुनुभएको छ ।

अधिवेशनले सदस्यहरूमा केशवराज थोकर, अशेष अधिकारी, पवन फुयाँल, विज्ञान लोहनी, नवराज भण्डारी, विगेन तुलाधर, राजेन्द्र प्रजापती, प्रवीण किराँती र विन्दु अधिकारीलाई चयन गरेको छ ।

यसैगरी नवीन गिरी, रुपक केसी, तेज नारायण महर्जन, सुप्रिया मुडभरी, बलराम बुढाथोकी, हर्कबहादुर श्रेष्ठ, कमल प्रसाईँ, शुष्मा लामा, अमिशा रिसाल, पूर्णिमा शाक्य, आशिष पौडेल र प्रतिमा मुडभरी निर्वाचित हुनुभएको छ ।