जनता टाइम्स

११ फाल्गुन २०८१, आईतवार २१:३७

फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी


काठमाण्डौ, ११ फागुन । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच २-२ गोलको बराबरी भयो । पहिलो हाफमै २-२ गोल भए पनि दोस्रो हाफमा थप गोल हुन सकेन ।

म्यानमारले खेलको छैटौं मिनेटमै अग्रता लियो । तर खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । फेरि १७औं मिनेटमा म्यानमारले अग्रता लियो । तर खेलको ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याइन् ।

नेपाल र म्यानमार दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यानमारले लेबनान र किर्गिस्तानलाई हराएका थिए । नेपाल र म्यानमार दुवै अपराजित रहे ।

योसँगै नेपाल र म्यानमारबीच अहिलेसम्म ५ पटक भेट भएकोमा नेपाल ३ खेलमा पराजित हुँदा २ खेल बराबरीसमा सकिएको छ । प्रतियोगितामा आज भएको पहिलो खेलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो ।

नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।