चितवन, फागुन १२ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेशको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट तिलकराम रिमालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा प्रज्वल पौडेल र तारादेवी बस्नेत चुनिनुभएको छ ।
यस्तै महासचिवमा प्रकाश दाहाल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा रामशरण दुलाल निर्वाचित हुनुभएको छ ।
यसैगरी सचिव गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, रूपक कोइराला, नवराज श्रेष्ठ र जगत तामाङ चुनिनु भएको छ ।
नवनिर्वाचित समितिलाई प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्