दक्षिण कोरिया, फागुन १३ । नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको थेजन–छनान क्षेत्रीय कमिटीको पाँचौं अधिबेशन सम्पन्न भएको छ ।
दक्षिण कोरियाको छनानस्थित माइतीघर रेष्टुरेन्टको हलमा सम्पन्न अधिवेशनले गणेश डाँगीको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ओएनएफ दक्षिण कोरियाका अध्यक्ष अन्जन कुलुङ राईको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनले डाँगीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा तुलजित राई, सचिवमा केशव अधिकारी, उपसचिवमा विपिन कन्दङवा तथा सदस्यहरूमा गंगाराम तामाङ, सुवास लिम्बू, तोयानाथ ओझा, घनश्याम सेन ठकुरी, बाबुराम शाह र जगतराम चौधरी चयन हुनुभएको छ । यसैगरी डिल्लीराम गौतम, गुरु गौतम, काशीराम बुढाथोकी सदस्यमा चयन हुनुभएको छ ।
अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि देवेन खम्बु संयोजक तथा सन्दिप चाङवाङ र सलिन लामिछाने सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासी नेपाली मञ्च सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको सवैभन्दा बलियो र भरपर्दाे संगठनको रुपमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्