क्यानडा, फागुन १४ । प्रवासी नेपाली मञ्च (ओएनएफ) क्यानडा र नेपलिज क्यानेडियन सोसाइटी अफ एडमोन्टनले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने मानवीय भावना जगाउन ओएनएफ क्यानडाले नेकासेसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदानमा ओएनएफ क्यानडाका नेता कार्यकर्तादेखि गैर आवासीय नेपाली संघमा आवद्ध नेताहरु समेत सहभागी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्