जनता टाइम्स

१५ फाल्गुन २०८१, बिहीबार १५:५६

प्रेस चौतारीको महाधिवेशन मिति सर्यो, स्थान बिराटनगर नै कायम


काठमाडौं, फागुन १५ । प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको मिति सरेको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित समयमा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न हुन नसकेको कारण फागुन २५ देखि २७ सम्म आयोजना गर्ने भनिएको महाधिवेशन चैत १० देखि १२ गतेसम्म विराटनगरमा नै गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आज बिज्ञप्तिमार्फत व्यवस्थापनलगायतका प्राविधिक कारणले महाधिवेशनको मिति सरेको जनाउनु भएको छ ।

बिज्ञप्तिको पूर्णपाठ

मिति : २०८१ फागुन १५
बिषय : प्रेस विज्ञप्ति ।

नेपाली श्रमजीवी पत्रकारहरुको सबैभन्दा अग्रणी र गौरवशाली संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन कोशी प्रदेशको राजधानी विराटगरमा मिति २०८१ फागुन २५–२७ मा गर्ने निर्णय भएकोमा प्राविधिक कारणले गर्दा समय फेरबदल गरिएको छ । मिति २०८१ फागुन ११ गते अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित समयमा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न हुन नसकेको कारण यसअघि तय गरिएको मिति २०८१ फागुन २५–२७ गतेको सट्टा मिति २०८१ चैत १०–१२ गते कोशी प्रदेशको राजधानी विराटगरमा नै गर्ने निर्णय गरेको छ ।

संगठनको १० औं महाधिवेशन नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको गरिमामय प्रमुख आतिथ्यतामा निम्न मिति, स्थानमा गर्ने निर्णय गरेको छ । यहाँहरुलाई थाहा छ, प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सूचनाको हकको प्रवद्र्धन, श्रमजीवी पत्रकारको पेशागत हकहित, पत्रकारको दक्षता अभिवृद्धि र व्यावसायिक पत्रकारिताको सम्बद्र्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गौरवमयी इतिहास यहाँहरुलाई अवगत नै छ । तसर्थ प्रेस चौतारी नेपालको १० औं महाधिवेशनलाई हामी श्रमजीवी पत्रकारहरुको उत्सवको रुपमा सम्पन्न गर्न चहान्छौं । यसलाई भव्यताको साथ सम्पन्न गर्नका लागि यहाँहरुको साथ, सहयोग र शुभेच्छाको लागि हार्दिक अपिल समेत गर्दछौं ।

हिरामान लामा
(महासचिव)