काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी पहिला भइरहेको तर अहिले रोकिएको ठोकुवा गर्नुभएको छ । संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो भनाई राख्नुभएको हो ।
‘के भयो सुन तस्रकी भन्छन, पहिला भइरहेको रहेछ, अहिले बन्द भयो, तस्करहरु जेलमा छन, तिनीहरुकै बयानअनुसार पहिलाको सरकारको पालामा खुरुखुरु तस्करी भइरहेको रहेछ, तर अहिले बन्द भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्