जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १५:५९

जीवन शर्माको छोराको उपचार गर्न एक महिनाको तलव दिने सांसद श्रेष्ठको घोषणा


काठमाडौं, कात्तिक १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं तनहुका प्रतिनिधिसभा सदस्य किशान श्रेष्ठले जनगायक जीवन शर्माको छोराको उपचारका लागि सहयोग घोषणा गर्नुभएको छ ।

सांसद श्रेष्ठले शर्माका छोरा अमृतको उपचारका लागि एक महिनाको तलव बरावरको रकम ५० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको हो । लामो सयम समाज परिवर्तनको आन्दोलनमा लागेका शर्माको सादगी जीवनशैलीका कारण छोराको उपचारमा खर्च अभाव नहोस भन्ने उदेश्यका साथ श्रेष्ठले ५० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको बताउनु भयो ।

‘पैसाका अभावमा उहाँ जस्तो ब्यक्तिको परिवारले उपचार नपाउने अवस्था नहोस भन्ने चाहना र पवित्र उदेश्यका साथ सहयोग गर्नूपर्छ भन्ने भावनाअनुसार रकम हस्तान्तरण गर्ने निर्णय लिएको हुँ,’ जनताटाइम्ससँग सांसद श्रेष्ठले भन्नुभयो ।

राजनीतिसँगै सामाजिक काममा अग्रभागमा रहनुभएका सांसद श्रेष्ठले यसअघि पनि आफ्नो तलव जिल्लाका बिपन्न परिवारलाई हस्तान्तरण गर्दै आउनुभएको छ ।