जनता टाइम्स

२१ फाल्गुन २०८१, बुधबार १०:०६

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो


काठमाडौं, फागुन २१ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले राससलाई जानकारी दिनुभयो ।