जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १७:५४

प्रहरीको अनुसन्धानमा मुख्य भूमिका खेल्ने कुकुरको यसरी गरियो पूजा


काठमाडौं, १० कात्तिक

यमपञ्चकको दोस्रो दिनका अवसरमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभाग, केनाइन महाशाखा महाराजगंजमा आयोजित कार्यक्रम बीच आइतबार कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा उक्त महाशाखाकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले महाशाखामा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले दौड र हाईजम्प प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, यस वर्षको उत्कृष्ट कुकुर ‘जोली’ र उत्कृष्ठ डग ह्‍याण्डलर प्रहरी हवल्दार युवराज पोख्रेललाई पुरस्कार तथा मेडल प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायव उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न स्थानको अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका कुकुरहरूले पुर्‍याएको सहयोगबारे जानकारी दिनुभयो ।

कार्यक्रममा महाशाखामा रहेका कुकुरहरुले केनाइन आकृती बनाउने, गोलाकार ओबिडियन्स, बाधापार, ट्रयाकर डगको काम, रेस्क्यू डगको काम, रनिङ्ग कम्पिटिसन, हाईजम्प कम्पिटिसन, एल आकार बनाउने र दियोको आकृति बनाउने लगायतको प्रदर्शनी गरेका थिए । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान लगायतका कार्यमा तालिमप्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।