जनता टाइम्स

२५ फाल्गुन २०८१, आईतवार १५:४०

प्रेस चौतारीमा समाहित भयो समाजवादी प्रेस संगठनको धनुषा


जनकपुर, फागुन २५ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठनको धनुषा जिल्ला कमिटी प्रेस चौतारी नेपालमा फर्किएको छ ।

संगठनका जिल्ला अध्यक्ष अकुलप्रसाद साहको नेतृत्वमा संगठन चौतारीमा समाहित भएको हो । चौतारीमा फर्कनेमा जिल्ला ईन्चार्ज रुपेश सिंह पनि हुनुहुन्छ । यस्तै सचिव भोला यादव, सहसचिव धीरेश दत्त, कोषाध्यक्षमा दिनेशकुमार साहसहित १५ सदस्यीय कमिटी प्रेस चौतारीमा फर्किएको हो ।

उनीहरूलाई अधिवेशनका प्रमुख अतिथि तथा प्रेस चौतारीका वरिष्ठ नेता विश्वमणि सुवेदी र महासचिव हिरामान लामासहितका नेताहरुले स्वागत गर्नुभयो ।

कार्यक्रममा चौतारीका नेताहरु केसी लामिछाने, श्याम बन्जारा, कमल उपाध्याय, ईश्वरी काफ्ले, अर्जुन क्षेत्रीसहितका नेताहरुले पनि उहाँहरुलाई स्वागत गर्नुभयो । चौतारीका नेताहरुले सही समयमा सही निर्णय गरेको भन्दै संगठनमा उचित जिम्मेवारी दिइने बताउनु भएको छ ।