काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको माग ‘जुनसुकै मौसममा गाउने गीतजस्तै भएको धारणा राख्नुभएको छ ।
नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको माग गर्ने दलसँग बसेर कुरा गर्न सरकार तयार रहेको प्रष्ट पार्नुभयो ।
‘संविधान संशोधन र सर्वस्वीकार्यताको कुरा उठेको छ, ठीक छ, संविधान भनेको असंशोधनीय दस्तावेज होइन, तर यो जुनसुकै मौसममा गाउने गीत जस्तो भयो, अहिले पनि संशोधन, भरे पनि संशोधन । बसेर कुरा गरौं न, केका लागि संशोधन ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले पब्लिक कन्जम्शनका लागि संबिधान संशोधनको गीत गाउनु उचित नहुने प्रष्ट पार्नुभयो । ‘संबिधानमा संशोधन गर्नुपर्ने ठाउँहरु हुन्छन । गर्नुपनि पर्छ । तर औचित्य र आवश्यकताको आधारमा संबिधान संशोधन हुन्छ । कुनै एक ठाउँका लागि संबिधान संशोधन हुँदैन । देश र जनताको लागि संशोधन हुन सक्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्