जनता टाइम्स

२६ फाल्गुन २०८१, सोमबार १५:४२

प्रेस चौतारीले गर्यो संगठनका मधेस प्रदेश अध्यक्ष फणी महतको उपचारमा सहयोग


रौतहट, फागुन २६ । प्रेस चौतारी नेपालले सो संगठनका मधेस प्रदेश अध्यक्ष फणी महतको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

लामो समयदेखि गम्भीर स्वास्थ्य समस्या भई उपचार गराइरहनुभएका महतको उपचारका लागि संगठनले सो सहयोग गरेको हो ।

संगठनको मधेस प्रदेशको दोस्रो अधिवेशनको अवसरमा रौतहतको चन्द्रनिगाहपुरमा आज आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उहाँको उपचारका लागि १ लाख रुपैँया प्रदान गर्नुभयो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतको उपस्थितिमा संगठका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

प्रेस चौतारी नेपाल रौतहट जिल्ला अधिवेशनमा महतको उपचारका लागि प्रेस चौतारी नेपालको तर्फबाट सहयोग गर्ने अध्यक्ष बस्नेतले घोषणा गर्नुभएको थियो ।

सोही घोषणा अनुसार आज रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष बस्नेतले महतको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।