अमेरिका, फागुन २८ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको भर्जिनियाको अध्यक्षमा अमन भाट निर्वाचित हुनुभएको छ ।
ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापाको प्रमुख आतिथ्यतामा भर्जिनियाको फेयसफ्यास शहरमा सम्पन्न राज्य कमिटीको अधिवेशनले भाटको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा गुञ्जन गौतम, सचिवमा आकाश अधिकारी, उपसचिवमा ज्योती पाठकलाई चयन गरेको छ । यसैगरी सदस्यहरूमा चक्र बिसी, नेलसन सुबेदी दर्पण चयन हुनुभएको छ ।
अधिवेशनको उदघाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि ओएनएफ सचिवालय सदस्य प्रभू थापाले कर्मभूमि अमेरीकामा रहेर जन्मभूमि नेपालको सम्बृद्धिका लागि काम गर्ने संस्था ओएनएफ भएको तथ्य सबिस्तार चर्चा गर्नुभयो उहाँले बिगतका कोरोना, भुकम्पलगायत विपदमा ओएनएफले नेपालमा मानव जीवन बचाउन गरेका कामहरुको चर्चा गर्दै प्रवासी नेपालीहरूको भावनालाई सम्मान गर्ने र नेपाली नागरिकताको निरन्तरताको विषयमा लविङ्ग गरिरहेको जानकारी पनि दिनुभयो ।
अधिवेशनमा ओएनएफ अमेरिकाका उपसचिव गोविन्द खनाल, सचिवालय सदस्य दुर्गा बिक, आमन्त्रित सचिवालय सदस्य विजय बगाले, सदस्य गणेश पौडेल, पूर्वसचिवालय सदस्य जित गुरूङ, एनआरएनए एनसिसी अमेरिकाका सचिव दिपक सापकोटासहित पूर्व सूचना आयुक्त यशोदा तिम्सिना, समाजसेवी लाल कुवर, सुन्दर शेर्पा, रूद्र लम्साललगायतका बक्ताहरुले शुभकामना दिनुभएको थियो ।
नवनिर्वाचित कमिटीलाई प्रमुख अतिथि थापाले शपथ खुवाउँदै सफल कार्यकालको शुभकामनासमेत दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्