काठमाडौं, फागुन २८ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोबिन्द घिमिरे नियुक्त हुनुभएको छ । यस्तै बैंकले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्यायको बढुवा गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार आगामी बैशाख १० गतेदेखि लागु हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएका घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ बर्षका लागि नियुक्त गर्ने निर्णय भएको सो बैंकले जनाएको छ ।
यसैगरी सोही मितिबाट लागू हुने गरी हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएका सुदेश उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
एनएमबि बैंक दिफिनान्सियल टाईम्स, लण्डनको “दब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सो बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्