जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १५:२५

प्रधानमन्त्री ओलीले आपत्तिजनक शब्दमाथि आपत्ति जनाउँदा संसदमा कांग्रेसको अवरोध


कांठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्तिजनक शब्दहरुमाथि आपत्ति जनाउँदा अवरोध गरेको छ । सरकारको नीति तथा कार्यक्रममाथि प्रश्न सोध्ने क्रममा अपशब्द बोल्न पाईदैन भन्दा कांग्रेस सांसदहरुले आपत्ति जनाएर जवाफमै अवरोध गरेका हुन ।

‘प्रश्न सोध्न पाइन्छ, अपशब्द बोल्न पाइँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सम्मानीय सभामुख महोदय, प्रश्न सोध्ने क्रममा कुन प्रकारका शब्दहरु प्रयोग गरिएका छन, रेकर्ड खोलेर सुनियोस । मर्यादित ढंगको ब्यवहार गर्न सिक्नोस । प्रश्न सोध्ने अधिकार हो, तर अपशब्द बोल्ने अधिकार होइन ।’

कांग्रेस सांसदहरुबीच अहिले यही बिषयमा बिवाद भइरहेको छ । कांग्रेसको अवरोध बढेपछि सत्तापक्ष नेकपाका सांसदले काउन्टर दिएका छन । कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले जवाफ दिइरहनु भएको छ ।