जनता टाइम्स

२ चैत्र २०८१, शनिबार २१:५२

भारीमात्रामा घट्यो पेट्रोल र डिजेलको मूल्य (सूचीसहित)


काठमाडौ, चैत्र २। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटरमा ४ रुपैयाँले मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आज १५ मार्च, २०२५ अर्थात् चैत २ गते प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार आयल निगम सञ्चालक समितिले मूल्य घटाएको जनाएको छ । घटाइएको मूल्य आइतबार राति १ बजेपछि लागु हुनेछ ।

घटेको मूल्यअनुसार काठमाडौं, पोखरा दिपायल लगायतका उपभोक्ताले प्रतिलिटर पेट्रलका लागि १६८ रुपैयाँ तिर्दै आएकामा अब १६३ रुपैयाँ तिरे पुग्नेछ । त्यस्तै डिजेल र मट्टितेलको १५५ रुपैयाँ प्रतिलिटर तिर्दै आएका ग्राहकले १५१ रुपैयाँ तिरे पुग्नेछ ।