जनता टाइम्स

११ कार्तिक २०७६, सोमबार १०:४१

टी–ट्वान्टी वरियता : एसोसियट राष्ट्रमा नेपाल शिर्ष स्थानमा


काठमाडौं, कात्तिक ११

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले गएको बिहीबार अद्यावधिक गरेको टी–२०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो । नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोसियट राष्ट्रमध्यको टी२० वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।