जनता टाइम्स

७ चैत्र २०८१, बिहीबार १८:३२

घुससहित रंगेहात समातिए पक्राउ पोखरा महानगरपालिकाका अधिकृत


पोखरा, चैत ७ । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बिहीबार दिउँसो गिरीलाई न्युरोडबाट नियन्त्रणमा लिएको हो ।

उनलाई नगद २५ हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले बताउनु भयो । पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत गिरी आयोगले सोधेका प्रष्टीकरणसँगै प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उत्तर पठाउने काम गर्थे ।

उपसचिव पाण्डेका अनुसार यही क्रममा उनले अख्तियारमा विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी तयार पारी उजुरी परेको छ भन्दै उनीहरूलाई सम्पर्क गरेर मिलाउन रकम माग्ने गरेका थिए । उनले एक लाख रुपैयाँ माग गरेको सूचनाको आधारमा कारबाही गर्दा २५ हजार रुपैयाँ नगदसहित गिरीलाई पक्राउ गरिएको अख्तियारले बताएको छ ।