काठमाडौं, ८ चैत्र । आगलागीका कारण युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आज बन्द भएको छ । हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि विमानस्थल बन्द गर्नुपरेको हो ।
बीबीसीका अनुसार कम्तीमा पनि एक हजार तीन सय ५१ उडान प्रभावित भएका छन् । १५ वर्षमा पहिलोपल्ट हिथ्रो विमानस्थल पूर्ण रूपमा बन्द भएको हो । यसअघि सन् २०१० मा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द गरिएको थियो ।
हिलिङडन शहरको हेसको सबस्टेशनमा आगो लागेका कारण चार हजार नौ सयभन्दा धेरै घरमा बिजुलीको आपूर्ति रोकिएको छ । सबस्टेसन वरपरबाट एक सय ५० जनाको उद्धार गरिएको छ । आगलागीको कारण खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्