मेरिल्यान्ड (अमेरिका), चैत १८ । प्रवासी नेपाली मन्च अमेरिका मेरिल्यान्ड राज्य कमिटीको अधिवेशनले ज्ञानेन्द्र गतराजको अध्यक्षता ७ सदस्य सर्वसम्मत नयॉ कार्यसमिति गठन गरेको छ।
प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य तथा अमेरिका माहदेश ईन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्षमा गतराजलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
भेलाले उपाध्यक्षमा रेमन थापामगर सचिबमा पीआर देवकोटा, उपसचिवमा निर्भिक ठकुरी र सदस्यहरूमा सुवास पोख्रेल,योगेन्द्र खत्री र पदम मरासीनीलाई निर्वाचित गरेको हो ।
कार्यक्रममा विशेष अतिथि मदन भन्डारी फाउन्सडेशनका सचिब सन्तोष रावल,ओएनएफ अमेरिकाको अध्यक्ष कूष्ण प्रसाद लामिछाने ,ओएनएफ अन्तराष्ट्रीय कमिटी उधोग विभाग सदस्य वाई वि पन्त,माहदेश कमिटी सदस्य केशव राज लोहोनि अतिथिहरू ओएनएफ राष्ट्रीय कमिटी उपाध्यक्ष गोपाल कणेल, उपसचिव गोविन्द खनाल, बानाका अध्यक्ष सुवोध विलास पन्त,ओएनएफ बुद्धिजीवी विभाग प्रमुख तथा बाना ट्रष्टी अध्यक्ष कुलमणि आचार्य लगायतले नवनिर्बाचित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा संस्थापक सदस्य राजेन्द्र के सि ,राष्ट्रिय कमिटी सचिवालय सदस्य दुर्गा विक, विजय बगाले,राष्ट्रीय कमिटी सदस्यहरू उपेन्द्र राउत ,दिपक सापकोटा भर्जिनिया ,गणेश पौड्यल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्