काठमाडौ, २० चैत्र । विद्यार्थी भिसा आवेदक र अन्य आवेदकहरूको सामाजिक सञ्जाल खाता जाँच गर्न निर्देशन दिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका र इजरायलको आलोचना गरेका व्यक्तिहरूलाई देशमा प्रवेश गर्न रोक लगाउने उद्देश्यले सम्बन्धित देशका राजदूतहरूलाई ती देशका विद्यार्थी र अन्य प्रकारका भिसा आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूलाई गहनरूपमा जाँच गर्न आदेश दिएका हुन् ।
विदेशमन्त्री रुबियोले मार्च २५ मा विभिन्न राजदूतावासहरूलाई पठाएको पत्रमा यी निर्देशनहरू उल्लेख गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ ।
विदेशमन्त्री रुबियोको यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले केही विदेशी नागरिकहरू विशेष गरी अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा स्थापित सिद्धान्तप्रति आलोचना गर्नेहरूलाई निकाल्ने अभियान सुरु गर्ने सम्बन्धमा जारी गरिएको एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको लगभग नौ हप्ता पछि आएको हो ।
ट्रम्पले यहुदी विरोधी भनेर चिनाएका कार्यविरुद्ध कारबाही सुरु गर्न पनि कार्यकारी आदेश जारी गरेका थिए । यसअन्तर्गत गाजामा इजरायलको हमलाविरुद्ध अमेरिकाका विश्वविद्यालयहरूमा भएका प्रदर्शनमा सहभागी भएका विदेशी विद्यार्थीलाई निकाल्ने व्यवस्था पनि समावेश छ ।
विदेश मन्त्रीको निर्देशनबारे जानकार दुई अमेरिकी अधिकारीहरूका अनुसार सम्बन्धित देशका कन्सुलर अधिकारीहरूलाई तत्काल निर्देशन कार्यान्वयन गर्न भनिएको छ । विद्यार्थी र एक्सचेन्ज भिसा आवेदकहरूलाई अपराध रोकथाम एकाइमा पठाएर अनिवार्यरूपमा सामाजिक सञ्जाल खाताहरू जाँच गराउनु भन्ने निर्देशन दिइएको छ । द न्यूयोर्क टाइम्स













प्रतिक्रिया दिनुहोस्