जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १८:४४

बंगलादेशका कप्तान सकिबमाथी दुई वर्षे प्रतिवन्ध


काठमाडौं, कात्तिक १२

बंगलादेशका टेष्ट र टी–२० कप्तान सकिब अल असनमाथि दुई वर्षको प्रतिबन्ध लागेको छ । भ्रष्टचारसम्वन्धि मुद्दाका विषयमा उनलाई दोषी देखिएपछि अन्तराष्ट्रिय क्रिकेट परिषद्ले दुई वर्ष प्रतिवन्ध लगाएको हो ।

सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा उनीमाथि दुई वर्षसम्म क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको छ । उनिमाथी सन् २०१८ मा जिम्बाबे, श्रीलंका र बंगलादेशबीच भएको त्रिकोणिय श्रृखला र आईपिएलको खेलमा भएको सूचना नदिएको आइसीसीले बताएको छ । आइपिएलमा सन् २०१८ को सनराइज हैदराबाद र किंग्स इलावेन पञ्जाबबीचको खेलका विषयमा जानकारी नदिएको उल्लेख गरिएको छ । सकिबमाथी तीन वटा धारा लगाइएको छ ।