जनता टाइम्स

२३ चैत्र २०८१, शनिबार ०७:०४

अमेरिकाले लगाएको भन्सार शुल्क घटाउन इजरायलले वार्ता गर्दै


काठमाडौं, २३ चैत्र । इजरायलले आफ्नो मुख्य सहयोगी अमेरिकासँग राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको भन्सार शुल्क घटाउन वार्ता गरिरहेको जनाएको छ ।
इजरायलले अमेरिकी आयातमा बाँकी रहेका सबै भन्सार शुल्कहरू हटाएको एक दिनपछि ट्रम्पले विश्वव्यापी भन्सार शुल्कको घोषणा गर्नुभएको थियो । ट्रम्पले अमेरिकी सैन्य सहायताको मुख्य लाभकर्ता इजरायलबाट आएका सामानमा १७ प्रतिशत भन्सार शुल्क लगाउनुभयो । इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले अमेरिकी प्रशासनसँग भन्सार शुल्कको दायरा घटाउने र इजरायली उद्योगमा उनीहरूको प्रभाव कम गर्ने उद्देश्यले निरन्तर वार्ता गरिरहेको बताउनुभएको छ । स्मोट्रिचले गएको मार्चमा आफ्ना अमेरिकी समकक्षी स्कट बेसेन्टसँग भेट समेत गर्नुभएको थियो ।
अमेरिकी वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा अमेरिकाको इजरायलसँग झण्डै सात अर्ब डलरको व्यापार घाटा थियो ।