जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार ०९:०९

काठमाडौंमै घट्यो किलोमा १७० रुपैयाँसम्म तरकारीको भाउ


काठमाडौं, कात्तिक १३

काठमाडौंको मुख्य थोक बजार कालीमाटीमा बुधबार तरकारीको भाउमा उल्लेख्य कमी आएको छ । केही तरकारीको भाउ किलोमा ५० रुपैयाँदेखी १७० रुपैयाँसम्म घटेको छ ।

किलोमा १ सय ७० रुपैयाँ भाउ घटेर हरियो धनियाँ बुधबार किलोको ४ सय ४५ रुपैयाँ खुद्रा मुल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । मंगलबार हरियो धनियाँ किलोको ६ सय १५ रुपैयाँ खुद्रा मुल्य तोकिएको थियो ।

यस्तै गान्टे मुलाको भाउ पनि किलोमा ५० रुपैयाँले घटेर किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । भाउ घटेपछि पाते च्याउ किलोको १ सय ९० रुपैयाँ, डल्ले च्याउ किलोको ५ सय १५ रुपैयाँ, मूला किलोको ५५ रुपैयाँ, गाजर किलोको १ सय ६५ रुपैयाँ खुद्रा मुल्य तोकिएको छ । अरु तरकारीको भाउ भने मंगलबारकोजस्तै छ ।

बजारमा बुधबार रातो भारतीय आलु किलोको ५० रुपैयाँ, बन्दा किलोको ६५ रुपैयाँ, रायोको साग किलोको १ सय ६५ रुपैयाँ, पालुंगोको साग र चमसुरको साग किलोको १ सय ५५ रुपैयाँ, अदुवा किलोको २ सय २५ रुपैयाँ र सुकेको खुर्सानी किलोको ३ सय ९० रुपैयाँ खुद्रा मूल्य तोकिएको समितिले जनाएको छ ।