दोलखा, कात्तिक १३ । दोलखामा आज बिहान बोलेरो दुर्घटना हुँदा दोलखामा एक बालिकाको मृत्यु भएको छ। भीमेश्वर नगरपालिका–२, सोकलाखेलापमा आज बिहान बा १४ च ७६७ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ वर्षिया रोशनी ओलीको मृत्यु भएको हो।
प्रहरीका अनुसार एक्कासी अनियन्त्रित भएर आज बिहान ८ बजे बोलेरो गाडी दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी ओलीलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गर्दा गर्दै साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
कच्चीभित्री सडकबाट करिब २५ फिट तल खसेको बोलेरोमा सवार ९ मध्ये चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्