जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १५:३९

ज्ञानेन्द्र मल्ललाई नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी


काठमाडौं, कात्तिक १३ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ। कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामा दिएपछि नेपाल क्रिकेस संघ (क्यान) ले मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो।

अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ । गत असोज २८ गते विज्ञप्ति जारी गर्दै पारस खड्काले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी त्यागेको घोषणा गर्नुभएको थियो । ‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु, नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो,’ राजीनामा दिँदै पारशले भन्नुभएको थियो । पारसको सो निर्णयसँगै क्यानले मल्ललाइृ कपनी ताकेको हो ।

दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको भोलिपल्ट पारसले पद छाड्ने घोषणा गर्नुभएको थियो । पारस नेपालको टी–२० तथा एकदिवशीय दुवै टोलीका कप्तान हुनुहुन्थ्यो ।