काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् । जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताएका हुन् ।
उनी भन्छन्, “कृपया कुनै पनि निर्णय, कुनै पनि छलफल अघि, यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस् ।“
जेलेन्स्कीले सीबीएस न्यूजको ’६० मिनेट’ कार्यक्रममा यी कुराहरू भनेका हुन्। यो अन्तर्वार्ता आइतबार युक्रेनी शहर सुमीमा रुसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो । यस आक्रमणमा २ बालबालिका सहित ३४ जनाको मृत्यु भएको थियो । यसबाहेक ११७ जना घाइते पनि भएका छन् ।













प्रतिक्रिया दिनुहोस्