जनता टाइम्स

२ बैशाख २०८२, मंगलवार ०७:०७

वार्ता अघि युक्रेनको अवस्था हेर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह


काठमाडौं, २ वैशाख ।  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्ध विराम अन्त्यका लागि वार्ता गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशमा आमन्त्रण गरेका छन् ।

‘कृपया कुनै पनि निर्णय गर्नु अघि र वार्ताका कुनै खाका तयार गर्नु अघि यहाँका बासिन्दा, सर्वसाधारण, सेना, अस्पताल, चर्च, बालबालिकाको अवस्था र मरेको दृश्य हेर्न एक पटक आउनु होला,’ जेलेन्स्कीले सिबीसीसँगको अन्तरवार्तामार्फत भनेका छन्।

आइतबार ३५ जनाका ज्यान जाने गरी सुमिमा भएको आक्रमण भन्दा अगाडि नै सो अन्तरवार्ता लिइएको थियो ।

रुसले इजरायली सेनाको बैठक भइरहेको समयमा मिसाइल प्रहार गरेर ६० जना मारेको दाबी गरिरहेको छ । युक्रेनको ठुलो सहयोगी अमेरिकाले युद्ध विरामका लागि प्रयास गरिरहेको समयमा यो आक्रमण भएको हो ।